नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

नवलपुर टुडे
२०८१ भदौ २४ | बिहान ०६:०५ बजे

नवलपरासी । गएराति नवलपरासीमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवल नगरपालिका- ९ स्वाँठी बस्ने वर्ष अन्दाजी २६ को रामनाथ कंवर रहेको छ ।
आइतबार(हिजो) रातिको करिब ११ बजेको समयमा सुनवल नगरपालिका- १२ फरौली र ऐ. रामग्राम न.पा.११ को सिमानास्थित भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको लु १७ प ८७८८ नं. को मो.सा. अचानक आफै अनियन्त्रित भई रोडको दाहिने साईडको नालीको पानीमा पल्टिन जादा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।
दुर्घटनामा घाईते भएका उनी उपचारको क्रममा जिल्ला अस्पताल परासीमा राती ११:५० बजे मृत्यु भएको हो । उनको मुख र शरिरको बिभिन्न भागमा चोट लागेको थियो । उनको शव सोही अस्पतालमा राखेको छ । पोष्ट्मार्टम हुन बाकी रहेको बोहराले बताए ।























