प्रहरीले विभिन्न राजनीतिक, धार्मिक–सांस्कृतिक, चाडपर्व, र्याली, जुलुस, सम्मेलन, बैठक जस्ता कार्यक्रममा पनि ठूलो स्वरमा डिजे, स्पीकर नबजाउन सूचना जारी गरेको छ । प्रहरी प्रवक्ता दीपक भारतीले जारी गरेको सुचनामा भनिएको छ, ‘यी स्पीकरहरुको स्वरले मानव स्वास्थ्यलाई असर पार्ने काम गरिरहेको छ, त्यसकारण सबैको स्वास्थ्यलाई मध्यनजर गरेर सुरक्षा समितिको बैठकबाट यसलाई रोक लगाउने निर्णय भएको छ । त्यहीअनुसार हामीले सूचना जारी गरेका हौं ।’
सुचनाको अवज्ञा भएको पाइए कानुन बमोजिम कारबाही हुने प्रहरीले विज्ञप्तिमा भनेको छ ।





















