देश

डीभोर्सको नक्कली कागज बनाएका सांसद कारागार चलान

नवलपुर टुडे
२०८१ भदौ २३ | मध्यान्ह ०४:०५ बजे

काठमाडौ । कांग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् ।

सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो । २०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् ।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको जानकारी दिए ।

कमेन्टहरु