देश

निर्वाचन आयोगले जसपाका दुबै अध्यक्षलाई निर्बाचन आयोग बोलायो

जगत ठाडा मगर
२०७८ असार १५ | मध्यान्ह ०७:०३ बजे

काठमाडौ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षलाई सहमतिका लागि बोलाएको छ । निर्वाचन आयोगले असार २२ गते ११ बजे अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सहमतिका लागि बोलाएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन् । यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन् । ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका छन्।

ठाकुरले भने आफू प्रथम अध्यक्ष भएको दाबी गर्दै कार्यकारिणीको व्यापक हेरफेर गरेर आफ्नो पक्षमा बहुमत पुर्‍याएको दाबी गरेका छन् । आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा निवेदन दिएको छ ।

कमेन्टहरु