नवलपरासीमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु


नवलपरासी । नवलपरासीमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराती ८ ब्जे बर्दघाट नगरपालिका- १३ जमुनियास्थित जमुनियाबाट नारायणचोक तर्फ जाँदै गरेको लु ४ प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनमा परी दुवै चालकहरु घाइते भई थप उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाईएकोमा साईकल यात्रिको उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
मोटरसाइकल चालक प्रतापपुर गाउँपालिका- २ गोपीगंज बस्ने वर्ष १७ को किशोर घाइते अबस्थामा छन । मृतक साइकल यात्री बर्दघाट नगरपालिका- १३ नारायणचोक बस्ने वर्ष ४७ को सुरेश चौधरी रहेको छ । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । उनको शव भिम अस्पताल भैरहवामा राखिएको छ । शव पोष्टमार्टम लगायत थप अनुसन्धान प्रकृया बाँकी रहेको बोहराले बताए ।























