मधेश प्रदेश

चिकित्सकको लाहपर्बाहीले सुत्केरीको मृत्यु, पीडित पक्षद्वारा प्रदर्शन

अशोक यादव
२०८१ भदौ २१ | मध्यान्ह १२:०५ बजे

रौतहट । राैतहटकाे गरुडा नगरपालिका- ५ शिवनगर बर्थिङ सेन्टरमा एक महिलाको मूत्यु भएकाे छ । मूत्यु हुनेमा   गरुडा ५ शिवनगर टाेलमा वस्ने चुलहाइ साह साेनारकाे छाेरी वुहारी तथा अरविन्द कुमार साह साेनारकाे श्रीमती अन्दाजी १८ वर्षकी रमिताकुमारी साह रहेकी छिन ।

उनलाई डिलेभरि हुदा बच्चाकाे अप्रेश गर्ने क्रममा मृत्यु भएकी हुन डाक्टर तथा चिकित्सककाे लपर्बाहीकाे कारणले मूत्यु भएकाे पीडित पक्षले आराेप लगाएका छन ।

सुत्केरी महिलाको मृत्यु भएको विषयलाई लिएर अहिले स्वास्थ्य चौकी शिवनगर रौतहटको अवस्था तनावग्रस्त बनेको छ । लापरवाहीले सुत्केरी आमाको ज्यान गएको भन्दै पीडित परिवारले चौकी घेरेपछि ठूलो संख्यामा अहिले नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

चिकित्सकले शल्यक्रिया गर्दा अत्याधिक रक्तस्राव भएर शिवनगरबाट बिरगंज लैजाने क्रममा बाटोमा महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरुले स्वास्थ्य चौकी शिवनगर अगाडि शव राखेर दोषि चिकित्सकलाई कार्वाहीको माग गर्दै प्रदर्सन गरिरहेको स्रोतले जनाएको छ ।

एक महिना अघि पनि उक्त स्वास्थ्य चौकीमा बच्चा जन्माएकी एक महिलाको अत्याधिक रक्तस्राव बगेकै कारण मृत्युु भएको पीडित परिवारले आरोप लगाएको थियो ।

कमेन्टहरु