मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

आकाशे पानी ट्याङ्की भरमा

उमेश रोकाया
२०८१ भदौ २१ | बिहान ०९:०५ बजे

बाजुरा, भदौ २१। जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँको झिनी लेखमा ७८ जनाको परिवार आकाशे पानी ट्याङ्की भरमा बसाई गरेका छ्न। धिम गाउँका रावत परिवारको ५२ घरपरिवार ऐडी ७ परिवार रोकाया ७ परिवार दमाई ५ घरपरिवार र पाण्डेका ७ परिवार गरि जम्मा ७८ जनाको परिवार करिब ६ महिना झिनी लेखमा बस्दै आइरहेका छन। सोही ठाउँमा गाइ, भैंसी र बाख्रा राख्ने काम मात्र नभई खेतीपाती समेत जग्गा कमाइ खाने गरेको छ। जुन ठाउँमा स्याउ, ओखर र आरु सहितका फलफूल अधिकतम् रूपमा फलाउने गरेका हुन्छ। गाउँका केही मान्छेहरु वर्षमा ६ महिनासम्म झिनी लेखमा बस्ने गरेको छ। सोही स्थानमा खानेपानी मुख्य समस्या हुँदा आकाशे ट्याङ्की भरमा आफू खाने र गाइ बस्तुलाई खाने गरेको त्यहाँका स्थानीय कलक रावतले बताए।

आकाश बाट वर्ष परेको पानी ट्यांकी जम्मा गरेर आजभोलि खानेपानी समस्या टार्न गरेको छ। कतिपय मान्छेहरू घरबाट पिठ्युँमा पानीका गेलन १ घण्टा उकालो चडेर पिउने पानी ल्याउने गरेका छन। गाउँबाट केही घण्टा हिडेर झिनी लेखमा आउने जाने भएको छ। हाम्रो मुख्य समस्या भनेको पिउने पानीको दुख कष्ट गर्नुपर्ने बाध्यता रहेकोे छ। अहिले केही मान्छेहरु आकाशे ट्यांकीमा जम्मा भएको धमिलो पानी गाइ भैसालाई मात्र खुवाउने सहित मान्छे समेत प्रयोग गर्ने गरेको छन। घरबाट बोकेर ल्याउ भने टाढा पर्ने भएकाले आकाशे ट्यांकीको पानी पिउने गरेका छन। वर्षा आएको पानी संकलन गरेर ट्यांकीमा जम्मा भएको धमिलो पानी धेरै वर्षदेखि अहिलेसम्म पहिलो सिस्टम चलिरहेको छ।

झिनी बस्तीमा खानेपानी समस्या त्यहाँका मान्छेहरूलाई पानी हाहाकार अवस्था रहेकोे छ। पिउने पानीको मुख्य समस्या भएको छ। खानेपानी समस्या संगै स्याउ खेतीपाती उत्तिकै लगाएको छन। पछिल्लो समय आकाशे पानी सिजनमा आयो उत्पादन राम्रो हुने गर्छ। यसपटक समय पानीको अभावमा हुँदा स्याउ पहिलो वर्ष भन्दा उत्पादन धेरै घटिरहेको छ। स्याउ खेती पनि आकाशे पानीको भरमा खेतीपाती गर्ने निकै पानीको संकट भएको छ। खानेपानी व्यवस्था भएको भए ६ महिना मात्र बस्ने गरेको झिनी वाह्रै महिना त्यही सधैं राख्ने सकिने थियोे। खानेपानी अभावले गर्दा अहिले वर्षमा ६ महिना धौधौ हिसाबले गाइ भैसा राख्ने गरेको स्थानीय बताएका छन।

विशेषगरी झिनी बस्ती तथा फलफूल बगैचाका लागि गएको आर्थिक वर्ष बजेट व्यवस्थापन गरेर ७५ प्रतिशत काम भैसकेको छ। अहिले पनि रकम विनियोजन गरिएको छ। अब त्यहाँका मान्छेहरूलाई यहीँ वर्ष खानेपानी पुर्‍याउने भएका छौँ। विगत जस्तो जुन खानेपानी समस्या थियोे त्यसलाई समाधान गर्ने आफू लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए। सबै वडा टोल गाउँ बस्तीमा खानेपानी धारा निर्माण गरेर प्रशस्त पानी खान पाएका छन। अबको केहि ठाउँ बाकी भएको अथवा छुटेको ठाउँमा खानेपानी सुविधा दिनका लागि स्वयंम आफु तयार भएको अध्यक्ष मल्लले बताए।

कमेन्टहरु