गण्डकी प्रदेश

नवलपुरका यी क्षेत्रमा भारी वर्षा, होचा स्थानमा सतर्कता अपनाउन अनुरोध

नवलपुर टुडे
२०८१ भदौ २१ | बिहान ०७:०५ बजे
काठमाडौं । नवलपुरमा भारी वर्षा मापन गरिएको छ ।
 
आज बिहान ६ः२५ बजे नवलपुरको देउराली नवल वर्षामापन केन्द्र र दुमकौली वर्षामापन केन्द्र आसपास भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुन सक्ने विभागको अनुमान छ । सो क्षेत्र भइ बहने बिनइ नदी, मुकुन्डे खोलालगायत अन्य स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्र र डुबान हुन सक्ने होचा स्थानमासतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

कमेन्टहरु