पाल्पामा भारी वर्षा

नवलपुर टुडे
२०८१ भदौ २१ | बिहान ०७:०५ बजे

पाल्पा । पाल्पामा भारी वर्षा मापन गरिएको छ ।
शुक्रबार बिहान ४ः३५ बजे पाल्पाको जाल्पा, कुमलगाउँ, गैँडाकोट र आसपास भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सो क्षेत्र भइ बहने अरुन खोला, फुर्बा खोला, रामदी खोला र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम छ । साथै, होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


















