फलाहारी बाबा बहुमुखी क्याम्पसमा तिजकाे शुभकामना आदानप्रदान

कपिलवस्तु । कपिलवस्तुकाे फलाहारी बाबा बहुमुखी क्याम्पसमामा नेपाली नारीहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । तिज पर्वकाे साँस्कृतिक महत्त्व विषयमा अन्तरक्रिया गरि तिजमिलन कार्यक्रम मनाइएको हाे ।
स्ववियु सभापति अभिषेक मणि यादव को अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष श्यामसुन्दर चौधरीको प्रमुख अतिथियतामा र क्याम्पस प्रमुख सुर्यलाल कसौधन विशिष्ट अतिथिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरुबाट नृत्य कविताको माध्यमबाट लैङिक हिंसा विरुद्ध र समाजिक विकृति ,महिला-पुरुष बीचको विभेदको विरुद्धमा प्रस्तुति गरिएको थियो । क्याम्पस प्रमुख सुर्य लाल कसौधनले एकआपसमा समझदारी भएपछि सामाजिक सद्भाव कायम हुनुको साथै हिंसा र द्वन्द्व न्यूनीकरण हुँदै जाने उनकाे भनाइ राख्नु भएको थियो छ ।
प्रमुख अतिथि श्यामसुन्दर चौधरी ले पनि शुभकामना दिदै तिज पर्वलाई आफ्नो माैलिकता झल्किने गरि नाचगान गर्नेपर्ने बताउँदै आफ्नो संस्कृतिलाई जगेर्ना गर्न परम्परागत रीतिरिवाजमा सबैले लाग्नुपर्नेमा अध्यक्ष चौधरीले ले जाेड दिए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम अध्यक्षता गरेको स्ववियु सभापति अभिषेक मणि यादवले तीज नेपाली नारीहरूको महान पर्वको रुप रहेको छ । हरितालिका तीजको सुरुवात वैदिक सनातन धर्म संग सम्बन्धित रहेको छ भन्दै । हिन्दु धर्म अनुसार माता पर्वतीले भगवान् शिव जी लाई प्राप्त गर्न निरजल व्रत राख्नु भएको थियो । त्यही बेला देखि विवाहित महिलाले आफ्नो श्रीमान् दीर्घआयुको कामना गर्दै व्रत बसछिन् भने अविवाहित दिदी बहिनी आफ्नो इच्छा , कामना पूरा होस् भनी भगवान् शिव जी पुजा अर्चना गरेर खुब धुमधामले नाच गान गरेर मनाउने परम्परा रहेको छ । वहाँ आफ्ना गहकिलो मन्तव्य राख्दै कार्यक्रम पशुपति कुर्मीले जनाएको छ ।























