मलेसियाको जोहोरबारुमा दोस्रो जोहोर कपको तयारी


भिम लोहार
मलेसिया । जेबी युनाइटेड फुटबल क्लबद्वारा दोस्रो जोहोर कप २०२४ प्रतियोगिता आयोजना गतिएको छ ।गैरआवासीय नेपाली संघ मलेसियाका प्रथम उपाध्यक्ष राकेश प्रसाद महतोको प्रमुख अतिथिमा हुन गइरहेको प्रतियोगितामा पहिलो जोहोर कपको राम्रो अनुभव लिएका अध्यक्ष मान मगरले दोस्रो जोहोर कप उकृष्ट बनाउने तयारी भएको बताए ।
खेल आउँदो मिति २०२४ सेप्टेम्बर १५ र १६ तारिख हुन् लागेको छ । मलेसियामा रहेका बिभिन्न क्लबहरुले खेलमा सहभागिताको लागि टिम दर्ता गराइरहेका छन् । आयोजकका अनुसार आउँदो सेप्टेम्बर ८ तारिख भित्र सहभागी हुन इच्छुक क्लबले टिम दर्ता गरिसक्नु पर्ने छ।
प्रतियोगिताको पहिलो विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित मलेसियन रिंगेट २० हजार पाउने छन् भने दोस्रो विजेताले ट्रफी र मेडलसहित १२ हजार मलेसियन रिंगेट र तेस्रो विजेतालाई पनि ट्रफी मेडलसहित ६ हजार रिंगेट पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी हुन टिमदर्ता दर्ता शुल्क २५ सय रिंगेट तोकिएको छ । साथै खेलाडीहरुलाई हौसला स्वरूप बिभिन्न बिधामा २ सय मलेसियन रिंगेटसहित सम्मान पनि गरिने आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगिताको गोल नेपालबाट प्रत्यक्ष प्रसारण गरिने छ ।























