मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

पहिरोबाट पीडित घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा राहत वितरण

उमेश रोकाया
२०८१ भदौ १९ | मध्यान्ह ०७:०५ बजे

बाजुरा, भदौ १९। जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका वडा नम्बर ३ बौडी गाउँका पहिरो पीडित १८ घरपरिवारलाई सामाजिक अभियन्ता रिता शाहीले राहत दिएको छ। गएको साउन महिनाको २६ गतेको अविरल वर्षाले बाढीपहिरोले गर्दा पशु चाैपाया र ४ जना मान्छेहरू घाईते क्षतिपूर्ति घरहरू भएका गाउँका पीडित घरपरिवारलाई बास बस्नका लागि र खानेकुरा अति आवश्यक सामाग्री सहयोग गरिएको छ। पिडित परिवारलाई वडा अध्यक्ष मंगल बुढाको पहल सामाजिक अभियन्ता रिता शाहीको विशेष समन्वयमा पुष्प राइ, मल महत र मिङमा दोर्जे शेर्पा आर्थिक सहयोगमा दाल, चामल, नुन, तेल, बलान्केट, तिरपाल, बाटा, गेलेन, चटाई, भुजा बिस्कुट, जग र कराई सहित समान पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष मंगल बुढाले बताए।

अविरल वर्षाले गर्दा बौडी गाउँको गोरु खर्क माथिबाट आएको पहिरो पशु चौपाया र ४ जना पहिरो परेर घाइते भएका सहित बाढीले १० वटा घरहरू पुर्ण रूपमा भत्किएको पीडित मलम लगाउन वडा लेटर प्याडमा राहत लागि ठाउँ पेश गर्दा एक महिना नबित्दै क्षतिपूर्ति घरहरू राहत उपलब्ध गराउन सफल वडा अध्यक्ष बुढाले बताए। राहतका लागि समन्वय गरिदिने सामाजिक अभियन्ता रिता शाही लगायत सहयोगी हातहरुलाई वडाकाे तर्फबाट र मेराे ब्याक्तीगत तर्फबाट स्व धन्यवाद दिएका छन। आगामी दिनहरूमा जनताको दुख सुखमा सधै लागिपर्ने छु। आफ्नो जिम्मेवारी वडा भित्र रहेका सम्पुर्ण वर्गका लागि समस्यालाई समाधान गर्नेका लागि आफू सधै लागिपर्ने अध्यक्ष बुढाले बताए।

कमेन्टहरु