पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराको झिनी गुफा आन्तरिक पर्यटक लहर

उमेश रोकाया
२०८१ भदौ १९ | मध्यान्ह ०१:०५ बजे

बाजुरा, भदौ १९। बाजुराको झिनी गुफा आन्तरिक पर्यटक लहर रहेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थिति नजिकै लेख झिनीमा नयाँ गुफा रहेकोे छ। गुफा पत्ता लगाएको ५ वर्ष पुगिसकेको छ। यसको कुनै संरक्षण हुन सकेको छैन। पछिल्लो समयमा झिनी गुफामा आन्तरिक पर्यटक हेर्न जानेहरूको लहरै बढिरहेको स्थानीय कल रावतले बताए।

पछिल्लो समय पालिका भित्र केही स्थानीयहरु विशेषगरी शनिबार गुफा हेर्ने आउने गरेको देखिन्छ। हप्ता दुई/तीन दिन यहाँ झिनी स्याउ खेतीयोग्य फाट रमाइलो हेर्न संगै गुफा हेर्न आउने मान्छेहरू बढ्दो क्रम रहेकोे छ। विशेषगरी झिनी गुफामा जन्मअष्टमी दिनको अवसर पारेर जाने फलफूल लिएर धूप बत्ति बालेर पुजापाट गर्ने गरिन्छ। त्यहाँ भित्र छुट्टै खालको आनन्दको महसुस हुन्छ। गुफा भित्र चतुर्भुजे बर्मा ढुङ्गाले बनेको सजावट मूर्तिकला हेर्न खालका आकर्षक तस्बिर रहेका छन। भित्र हातिको सुड जस्तो ढुङ्गाले बनेको छ। पाँच भाइ पाण्डप भित्र चट्टानमा कोरिएका जस्ता तस्बिर रहेका छन। ३३ कोटि देवताको मुर्ति आफै तस्बिर दुरुस्त खालका ढुङ्गाका विभिन्न मुर्ति छुट्याउन नसकिने भगवान फोटो खिचेको जस्तो हेर्न सकिन्छ। जति भित्र गएर तलबाट माथि तिर उज्यालो प्रकाश दिएर हेर्न सकिने हो भने पाँच कुण्ड आफै बनेको ढुंगाको सजावट रूपमा मूर्तिकला कापीमा कोरेर राखेको जस्तो तस्बिर देखिन्छ। छुट्याउन नसकिने धेरै किसिमका ढुङ्गा मुर्ति बनावट तस्बिर मुर्तिहरु देख्न मिल्ने त्यसको महसुस गर्न सकिने चिज बस्तु पाइन्छ। कतिपय आफुलाई आफुलाइ थाहा नभएको ढुंगाका मुर्ति विभिन्न तस्बिर पनि देख्न सकिने मुर्तिहरु गुफामा रहेको रत्न रावतले बताए।

भित्र रहेका पहाडका ठुला ढुङ्गाहरु पनि हातले बजाए भने मादल जस्तो धुन आउन्छ। गुफालाई व्यवस्थापन गर्नेका लागि राज्यको संरक्षण पर्खाइमा रहेकोे छ। झिनी गुफा त्यसलाई सहि व्यवस्थापन र राम्रोसँग संरक्षण गर्ने स्थानीय, प्रदेश र संघ पहल कदम सकारात्मक भयो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने सम्भावना रहेको झिनी गुफाको रूपमा चिनिन्छ। झिनी गुफा मात्र रमाइलो गर्न सकिने र नजिकै स्याउ बगैंचा लगायत त्यो ठाउँबाट मुगु कालिकोट पालिका संगै जोडिएका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका केही अग्ला दृश्यहरु हेर्न सकिने ठाउँ समेत रहेकोे छ। गुफा पत्ता लगाएको ५ वर्ष सम्म हुँदा सम्मपनि कुनै निकायले ध्यानाकर्षण हुने सकेको छैन। यसलाई व्यवस्थापन विभिन्न निकायबाट ध्यानाकर्षण रहेर संरक्षण भयो केहि परिवर्तन ल्याइयो भने पर्यटकीय स्थलको रूपमा बन्न सक्ने सम्भावना रहेकोे स्थानीय बुढा पाखाको भनाइ रहेकोे छ।

गुफा बाहिर बाट हेर्दा सानो देखिन्छ जस्तोसुकै मोटो पातलो मान्छेहरू बाहिर भित्र सजिलोसँग आवतजावत गर्ने एउटा शक्तिपिट समेत रहेकोे छ। आजभोलि गुफा हेर्न जाने मान्छेहरू जोखिम मोलेर जानुपर्ने बाध्यता रहेकोे छ। गुफा भिरालो परेको ठाउँमा भएको हुँदा जान आउन बाटोको समस्याले गर्दा अलि कष्टकर भोग्नुपरेको आन्तरिक पर्यटक मनिराम सापकोटाले बताए। यसलाई संरक्षण संगै जाने बाटो व्यवस्था मिलाइ झिनी गुफालाई व्यवस्थापन गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र सम्भावना बोकेको गुफा रहेकोे बताए।

कमेन्टहरु