देश

एमाले पोलिटब्युरो बैठक आज पनि जारी

नवलपुर टुडे
२०८१ भदौ १९ | बिहान ०८:०५ बजे

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले समाज भड्काउन खोजेको आरोप लगाएका थिए ।

सत्ताविमुख भएपछि प्रचण्डले त्यस्तो दुष्प्रयास गरिरहेको बताएका थिए ।  

“केही मान्छेहरू भड्काउने, विद्रोह गराउने दुष्प्रयासमा छन् । थोरै भोट ल्याए पनि सत्तामा कहिले पनि छुटेनन्,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, “सत्तामा रहँदा आफू बिगार्ने अनि बाहिरिनबित्तिकै विद्रोह गराउने मान्छे, उचाल्ने खेतीपाती गरिरहेका छन् । त्यो सफल हुँदैन ।” 

बैठकमा ओलीले कांग्रेससँग समीकरण गर्नुपर्नाको कारणबारे ब्रिफिङ गरेका थिए । 
 

कमेन्टहरु