खेलकुद

महिला फुटबल लिग : बागमतीको फराकिलो जित

नवलपुर टुडे
२०८१ भदौ १७ | मध्यान्ह ०७:०५ बजे
सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै बागमती र सुदूरपश्चिमका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ १७ । बागमती यूथ क्लबले एन्फा महिला फुटबल लिगमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो । 

बागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक पूरा गर्नुभयो । साहारा लिम्बू र आरती भुजेलले एक एक गोल थप्नुभयो । सुदूरपश्चिमका लागि तुल्छा बोहोराले सान्त्वना गोल फर्काउनुभयो ।

अस्मिता प्लेयर अफ दी म्याच घोषित हुनुभयो । जितसँगै बागमतीले तीन अङ्क बनाएको छ । सुदूरपश्चिमले हारबाट लिगको सुरुवात गरेको छ । लिगमा १० टोलीको सहभागिता रहेको छ । 

कमेन्टहरु