दिपक मनाङेको राजीनामा स्वीकृत

नवलपुर टुडे
२०८१ भदौ १७ | मध्यान्ह ०६:०५ बजे

पोखरा । गण्डकीका वनमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेको राजीनामा स्वीकृत भएको छ ।
उनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि असन्तुष्ट बन्दै राजीनामा दिएका हु्न् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए ।
अब उनको ठाउँमा अर्का सांसद मन्त्री बन्नेछन् ।






















