शिक्षा, समाचार

किमाबिमा एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

रिदेन महर्जन
२०८१ भदौ १६ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं । कीर्तिपुर माध्यामिक विद्यालय (की.मा.वि.) २०५२ एसएलसी समूहको आयोजनामा यस बर्षको एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गत भाद्र १० गते सोमबार गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर मा.वि. व्यवस्थापन समितिका अध्यक्ष अमृत महर्जनले साे विद्यालयबाट उच्च अंक ल्याउने छात्रको तर्फबाट (३.०५) सर्वोत्कृष्ट हुने विष्णा बिकलाई भगवान्को बुद्ध मुर्ति प्रदान गरिनुका साथै कार्यक्रमका सभापति एवम् कीर्तिपुर माध्यामिक विद्यालय २०५२ समुहका अध्यक्ष सुनिल तण्डुकारले छात्राको तर्फबाट सर्वाेउत्कृष्ट हुने हेमराज विसी (३.५१) लाई सरस्वतीको मुर्ति प्रदान गरिएकाे थियाे ।

photo 2024 09 01 13 24 07

उक्त कार्यक्रममा किर्तिपुर मा. वि. विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि राजकुमार महर्जन, विद्यालयका प्रधानाध्यापक सरला प्रधान अतिथिका रुपमा पाल्नु भएको थियो ।

कीर्तिपुर माध्यामिक विद्यालय कीर्तिपुरकाे शैक्षिक उन्वन्यन अतुल्नीय योगदान दिदै आइरहेको शैक्षिक संस्था हाे ।

कमेन्टहरु