पूर्वउपराष्ट्रपति पुनको घरमा नेकपा बहुमतले टाँग्यो कालो ब्यानर

नवलपुर टुडे
२०८१ भदौ १५ | मध्यान्ह ०७:०५ बजे

काठमाडाैँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा नेकपा बहुमतले कालो ब्यानर टाँगेको छ।
धर्मेन्द्र बास्तोला नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शनिबार पूर्वउपराष्ट्रपति पुनको काठमाडाैँकाे दहचोकस्थित घरमा कालो ब्यानर लगाएको हाे।
पुनले सुविधा सम्पन्न घर बनाएको भन्दै उक्त घर निर्माणको स्रोत के हो? भनेर नेकपा बहुमतले प्रश्न गरेको छ। २०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न पनि पार्टीले माग गरेको छ।
पूर्वउपराष्ट्रपति पुन १० वर्षे सशस्त्र युद्धको समयमा माओवादी सेनाका कमान्डर थिए। उनैले तालिम दिएका कार्यकर्ताले आफ्ना पूर्वकमान्डरकै घरमा कालो ब्यानर लगाएका हुन्।























