घटना

सेफ्टी ट्याङकी भित्र बेहोस भएका तीनै जना उपचारको क्रममा मृत्यु

नवलपुर टुडे
२०८१ भदौ १४ | मध्यान्ह ०८:०५ बजे

कावासोती, भदौं १४ । नवलपुरको विनय त्रिवेणीमा सेफ्टी ट्यङकी भित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको मृत्यु भएका छन ।

बिनयी त्रिबेणी गाँउपालिका- ७ बस्ने भोला सिंह क्षेत्रीको छोरा बर्ष ३८ को प्रकाश सिंह क्षेत्री, सोही स्थान बस्ने शिव बोगटीको छोरा बर्ष १९ को गणेश बोगटी र बर्दघाट नगरपालिका- ७ बस्ने बर्ष २८ को मोहम्द राजालाई आज बिहान सेप्ती ट्यङ्की भित्र बेहोस अबस्थामा फेला परेका थिए ।

उनीहरुलाई छिमेकी र प्रहरीको टोलीले उद्दार गरी उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता नवलपरासी पश्विम पठाएको थियो । अस्पतालले सामान्य उपचार पश्चात भैरहवा मेडिकल कलेज रुपन्देहीमा रिफर गरिएको थियो ।

तर, उनीहरु तीनै जनाको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारीले जानकारी दिएको हो ।

कमेन्टहरु