विनय त्रिवेणीको रानिनारमा सेफ्टी ट्याङकी भित्र तीन जना बेहोस


कावासोती, भदौं १४ । नवलपुरको विनय त्रिवेणीमा सेफ्टी ट्यङकी भित्र काम गर्ने क्रममा तीन जना बेहोस भएका छन । बेहोस हुनेमा बिनयी त्रिबेणी गाँउपालिका- ७ बस्ने भोला सिंह क्षेत्रीको छोरा बर्ष ३८ को प्रकाश सिंह क्षेत्री, सोही स्थान बस्ने शिव बोगटीको छोरा बर्ष १९ को गणेश बोगटी र बर्दघाट नगरपालिका- ७ बस्ने बर्ष २८ को मोहम्द राजा रहेका छन । उनीहरुको अवस्था गम्भीर रहेका छन ।
शुक्रबार बिहान ११ बजे बिनय त्रिवेणी गाउँपालिका- ७ रानिनगरस्थित भोला सिंह क्षेत्रीको निर्माणधिन अवस्थामा रहेको घरको ट्वाईलेटको सेफ्टी ट्यङ्की भित्र काम गर्ने क्रममा अचानक बेहोस भई लडी रहेको अवस्थामा (छिमेकी) प्रकाश क्षेत्रीमार्फत प्रहरीलाई जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटिगई छिमेकी समेतको सहयोगमा उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता नवलपरासी पश्विम पठाएको थियो ।
सो अस्पतालमा सामान्य उपचार पश्चात घाईते तीन जनालाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिए ।
घटना सम्बन्धी अन्य थप अनुसन्धान कार्य भईरहेको पौडेलले बताए ।























