इलाका प्रहरी कार्यालय मुक्तिनाथको भवन उद्घाटन


मुस्ताङ । इलाका प्रहरी कार्यालय मुक्तिनाथको नव निर्मित भवनको उद्घाटन कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको बिनियोजित बजेटबाट करिब तीन करोड ६० लाखको लागतमा निर्मित भवनको बुधबार बिहान गण्डकी प्रदेशका मानवीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक समारोह बीच उक्त तीन तले कार्यालय तथा ब्यारेक भवन भान्सा घर समेतको उद्घाटन गर्नुभएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले प्रहरीको आवास सुबिधा बृद्धिको साथै अन्य सुबिधाहरु उपलब्ध गराउन गण्डकी प्रदेश सरकार निरन्तर लागिपरेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रममा प्रजिअ जनकराज पन्त, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका आध्यक्ष रिनजिन गुरुङ प्रदेश सभा सदस्य बिकल सेरचन र शंघीय माननीय योगेश गौचन थकाली लगायतका बक्ताहरुले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा भवन निर्माण तथा जग्गा प्राप्तिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु हुने विभिन्न ब्यक्तित्बहरुलाई प्रशंसापत्र बितरण गरिएको थियो । उक्त कार्यक्रमका अध्यक्ष गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिहले प्रहरी आवास निर्माणमा सहयोग गर्नुहुने गण्डकी प्रदेश सरकार प्रति आभार ब्यक्त गर्दै अन्य सहयोगी मनहरु प्रति कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।

करिब १०० जना बढिको उपस्थिति रहेको सो कार्यक्रमको संचालन प्रहरी निरीक्षक राजन थापाले गरेका थिए ।























