मिर्चैया कल्याणपुर सडक खण्ड बजेट निकासापछि सडकको अवस्था जीर्ण

जगत ठाडा मगर
२०७८ असार १४ | मध्यान्ह ०४:०३ बजे

बिनोद मण्डल
सिरहा । सिरहा जिल्लाको सीमावर्ती नगरपालिका कल्याणपुर ९ डूमरी नहर चोकमा एक वर्ष अगाडि मिर्चैया कल्याणपुर सडक खण्डमा सडक स्तरउन्नती गरी कालोपत्रे गरियो तर त्यहाँ खटिएका ठेकेदार, इन्जिनियर, उपभोग्ता समिति मिलेर सडक निर्माण भयो भनेर कागजी घोडा तयार गरी बजेट निकासा गरी फर्छौट गरी काम सम्पन्नताको जवाफदेहिता बाट तत्काल उम्किए पनि सत्य बाहिर आएको छ ।
एक वर्ष नबित्दै बाटो हिलोमा परिणत भएर पोखरी बनेपछि आवत जावतमा कठिनाई उत्पन्न भएको छ भने यतिबेला स्थानिय जनताले भ्रसचार विरुद्ध आवाज उठाउँदै सम्बन्धित निकायले तत्काल ध्यान केन्द्रित नगरे आफूहरु आन्दोलन गर्ने स्थानीहरुले बताएका छन्


















