दुर्घटना

कपिलवस्तुको बनकसबासामा बस दुर्घटना हुँदा १९ जना घाइते

नवलपुर टुडे
२०८१ भदौ १० | मध्यान्ह ०८:०५ बजे

कपिलवस्तु । पूर्व–पश्चिमी राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आइतबार सुर्खेतबाट बुटवलतर्फ आउँदै गरेको लु२ख १५९८ नम्बरको बसले मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी  नवरत्न पौडेलका अनुसार  १९ जना घाइतेमध्ये ७ जनाको भैरहवा युनिभर्सल मेडिकल, ५  जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको  छ । अन्य घाइतेको स्थानीय अस्पतालमा  उपचार भएको छ । 

एसपी पौडेलले  घाइते सबै खतरा मुक्त रहेको बताए । उनले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । उक्त बसमा चालकसहित २४ जना यात्रु रहेका थिए ।

 

कमेन्टहरु