कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमालीका सबै वडामा फलफूल संकलन र रष्ट्रिक केन्द्र निर्माण

उमेश रोकाया
२०८१ भदौ १० | मध्यान्ह ०१:०५ बजे

बाजुरा, भदौ १०। बाजुरा जिल्लाको हिमाली गाउँपालिका सवै वडामा फलफूल संकलन र रष्ट्रिक केन्द्र निर्माण गरिएको छ। पालिका भित्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने बाली र फलफूललाई बजारीकरण गर्न सहज बनाउनका लागी फलफूल संकलन र रष्ट्रिक केन्द्र निर्माण गरिएको हिमाली गाउँपालिका कार्यालयले जनाएको छ। वडा टोलका कृषकले गाउँमा उत्पादन गरेको फलफूल लगायत विभिन्न कृषि क्षेत्रमा उब्जाएको बस्तुलाई बजारमा पुर्‍याउनका लागि सहयोग गर्नका गाउँपालिका सबै वडामा आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोजन रकमले लिवर्ड संस्था साझेदारीमा फलफूल संकलन केन्द्र निर्माणकार्य सम्पन्न गरिएको छ। कृषकले उत्पादन गरेको जुनसुकै बस्तुलाई बजारीकरण गर्न सहज बनाउन वडा केही समय फलफूल लगायत स्थानीय रैथाने बाली स्टोर गरेर राख्नका निम्ति संरचना बनाएको हो। कृषि उत्पदन बस्तु बजार सम्म पुर्‍याउनकै निम्ति कृषि एम्बुलेन्स सञ्चालन ल्याएको छ। पालिकाको केन्द्र धुलाचौरमा शीत गृह भण्डार निर्माण काम सम्पन्न गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए। अब गाउँमा रहेका अगुवा कृषि लगायत अन्य कृषि सिजनमा विसजनमा रैथाने बाली सहित फलफूल फलाएको बस्तुलाई बजारमा बिक्रीवितरण झन्झटिलो हटाउन हामी सबै निरन्तर लागिपरेको अध्यक्ष मल्लले बताए। सडक संजाल जोडिएको वडा टोलसम्म कृषि एम्बुलेन्स पुग्ने ठाउँमा फलफूल तथा रैथाने बाली संकलन गर्नेका लागि निकै सहज हुने भएको छ। कृषकले बारीमा उत्पादन गरेर तरकारी, फलफूल सहित स्थानीय स्तरमा फलाउने बस्तुहरुलाई बजारीकरण सहज गराउन पालिकाको सबै वडामा फलफूल संकलन र रष्ट्रिक केन्द्र निर्माण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए।

कमेन्टहरु