मौसम

कोशी प्रदेशमा भारी वर्षा, अन्य प्रदेशमा हल्का वर्षा

नवलपुर टुडे
२०८१ भदौ १० | बिहान ०६:०५ बजे

काठमाडौं, भदौ १० । देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

सातै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 
 

कमेन्टहरु