लुम्बिनी प्रदेश

परासीबाट १३० केजी रक्तचन्दनसहित एकजना पक्राउ

नवलपुर टुडे
२०८१ भदौ ९ | मध्यान्ह ०४:०५ बजे

नवलपरासी, भदौं ९ । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बल नेपालले अबैध रुपमा लुकाई छिपाई राखेको रक्तचन्दनसहित एक जना नियन्त्रणलाई लिएको छ ।

आइतबार बिहान अन्दाजी २ बजे रामग्राम नगरपालिका- ८ स्थित लोहसदाह बस्ने प्रमोद गिरीको घरमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले रक्तचन्दन सहित उनलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २६ नन्बर गढ नवलपरासीबाट खटिगएको नेतृत्व टोलीले महेशपुर भन्सार कार्यालयका प्रमुख र नेपाल प्रहरीको टोलीको उपस्थितिमा गिरीको घर खानतलासी गर्दा चिरान रक्तचन्दन काठ ८१ थान (१३० केजी) बरामद गरिएको सशस्त्र प्रहरी बल २६ नम्बर गढ नवलपरासीका प्रमुख एवम एसपी प्रकाश वाक्लेले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

नेपालमा रक्तचन्दन अबैध रुपमा किन बेच गर्दा प्रति केजी रु. १५०००/- मा कारोबार हुने जानकारहरुले बताईन्छ । जसको अन्दाजी मूल्य रु. १९,५००००/- पर्न जान्छ । 

उक्त बरामद रक्तचन्दनसहित गिरीलाई डिभिजन बन कार्यलाय परासीमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गढ नवलपरासीका प्रमुख एसपी वाक्लेले बताए ।

कमेन्टहरु