दुर्घटना

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, १० जना घाइते

नवलपुर टुडे
२०८१ भदौ ९ | बिहान ०८:०५ बजे

चितवन,भदौ ९ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

बसमा ३४ जना सवार रहेको बताइएको छ ।

कमेन्टहरु