नवलपरासीका नाकाबाट (प्र.स.ह) अमरेश यादव लगायतका घुमुवाहरुले व्यापक तस्करी गराउदै


नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरी र भन्सार कर्मचारीकाे मिलाेमताेमा व्यापक कपडा तस्करी भइरहेको छ । नवलपरासीको सनई, गेरमी, अमानिगनज, भुजहवा, पाँचपेडा, बसैहिया, रामनगर नाका यतिबेला कपडा तस्करीको लागि मुख्य राेजाई बनेको छ । जब राति हुन्छ तब यी नाका हुदै परासी जाने बाटाेबाट खुलेआम लाइनबद्ध माेटरसाइकलबाट कपडा तस्करी भैईरहेको स्थानीय सामान्य मानिसले बुझ्न र प्रत्यक्ष देख्न सकिन्छ ।
तर, यस प्रति जिल्ला प्रहरी कार्यालय नवलपरासी र सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी प्रशासन मौन हुनुनै प्रहरीको मिलेमतो रहेको प्रष्ट बुझ्न सकिन्छ । यसअघि पनि यस अनलाईनका प्रतिनिधिलाई तस्करको बारेमा बारम्बार सुचना आएका थिए । यस पटक भने स्थानीय र तस्कर गर्ने मध्येका केही ब्यक्तिहरुले उनीहरुको नाम गोप्य राखी अन्य तस्करीहरुको प्रमाणसहित नामावली नै यस अनलाईनलाई सुचना दिएका छ्न । दैनिक कपडाको तस्करी गर्ने सनई, गेरमी नाकाबाट बेचे गुप्ता, संजय, मेनु रहेको छन् भने अमानिगनज, महेशपुर, भुजहवा नाकाबाट राकेश सहानी, सुभाष हरिजन रहेका छन ।
त्यस्तै गरी पाँचपेडा, बसैहिया, धर्मौली नाकाबाट मामा भन्ने सानू पाल, सुस्ता वडा नं १ बस्ने महेन्द्र चाैधरी, रानिनगर बस्ने अमरले ठुलो मात्रामा कपडाको तस्करी गर्दै आएको स्थानीय तथा प्रहरीलेनै हामीलाई जानकारी दिएको छ । सुचना दिने स्थानीय र प्रहरीको नाम हामीले गोप्य राख्ने गरेका छौं । केही दिन पहिला पश्चिम नवलपरासीमा नयाँ घुमुवा प्रहरी हृदयश चौहान (सई कम्ण्डर), अमरेश यादव, कमल पाण्डे, बिजय यादव परिचालन भएपनि जिल्लाका हरेक नाकाबाट झन तस्करी बढेको श्रोतले बतायो ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा पठाउने अभियान डीआईजी हुँदादेखि नै चलाउँदै आएपनि सो अभियान कार्यान्वयन हुन सकेको छैन । उनी मधेश प्रदेशको डीआईजी हुँदा काजमा रहेका प्रहरीलाई सम्बन्धित दरबन्दी रहेका कार्यक्षेत्रमा पठाउने अभियान सुरु गरेका थिए । आइजीपी भएपछि उनले काजमा राखेका प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन परिपत्र नै गरे । तर आईजीपी कुँवरको निर्देशनलाई अटेर गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी ज्ञानेन्द्र प्रसाद फुयालले काजमा कार्यरत प्रहरीलाईनै घुमुवाका रुपमा परिचालन गरिरहेका छन ।
जिल्लाको नयाँ घुमुवा प्रहरी हृदयश चौहान(सई कमाण्डर)को दरबन्दी दङ्गा प्रहरी कार्यालय सुनवल हो । तर उनलाई जिल्लाका घुमुवाको कमाण्डरका रुपमा राखिएको छ । त्यस्तै, कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भएका अमरेश यादवको २०८०/०९/१९ गते दरबन्दीमा पठाउन परिपत्र आएको थियो भने, बिजय यादवको दरबन्दी अर्घाखाँची भएपनि ती तीनै जना जिल्लामा घुमुवामा खटिरहेका छन् ।
त्यस्तै गेरमी प्रहरी चौकीका घुमुवा लोकनाथ यादवको दरबन्दी भैरहवा एयरपोर्टमा २०८०/०९/१९ गते दरबन्दीमा पठाउने परिपत्र आएको थियो । उनी पनि घुमुवाको रुपमा परिचालित छ । जिल्लाका घुमुवाहरूले सानातिना घरायसी समान किन्ने व्यापारीहरूको केही दिन पहिला तीन चार हजारको मिठाई लिएर आउँदै गर्दा लु २ प ८८५ , लु ४ प ८६२५ र लु १४ प ५३९ नम्बरको बाइकसहित सामान पनि घुमुवाले जिल्लामा बुझाएको थिए।
सानो तिनो घरायसी सामान किन्न जाने सर्वसाधारणहरुको २ हजारको सामानलाई रोकेर चेकजाँच गर्ने सशस्त्र प्रहरीहरुले करोडौंको तस्करी गर्ने तस्करहरुको सामानलाई देखेर पनि नदेखेको जस्तो गर्ने गरेको श्रोतले जानकारी दिएको छ । त्यति मात्र होइन, ठुलाठूला तस्करहरुको सामान भारतबाट नेपाल भित्र्याउन समय तोकिएको हुन्छ, त्यो बेलासम्म सशस्त्र प्रहरी एवं नेपाल प्रहरीका सादा पोशाकमा खटेका प्रहरी सीमावर्ती क्षेत्रमा तथा राजमार्गमा कहि भेटिदैन् । तर, अन्य बेलामा तैनाथ खटेका हुन्छ ।
जिल्लाका नाका भुजहवा, महेशपुर, बसहियाबाट दिनहुँ परासीको सदरमुकाममा भारतीय टाली आएपनि प्रहरीले नदेखेका जस्तो गरिरहेका हुन्छ भन्ने तस्कर मध्येका एक जनाले बतायो । टाली भित्र पालले ढाकछोप गरेर तस्करीको सामान लिएर आएपनि प्रहरीले चेकपोष्टमा चेक जाँच नगरी केही पैसा लिई छोड्दै आएको छ । भुजहवा, महेशपुर, बसहियाबाट सदरमुकाम परासीसम्म आउनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी चार ठाउँमा चेकपोस्ट रहेको छ । यसर्थ प्रहरीले तस्करहरुसंग माेटाे रकम लिएर तस्कर गर्ने कार्यमा सहयोग गरिरहेको प्रष्ट बुझ्न सकिन्छ ।
तस्करहरु रातको समयमा प्रहरीकाे सहयोगमा कपडा लगायत अन्य सामान राजमार्गसम्म पुर्याउने गर्दछन । पश्चिम नवलपरासी यतिबेला तस्करीकाे लागि मुख्य ट्रान्जिट प्वाइन्ट बनेको छ। एकतर्फ नेपालकाे राजस्व चुहावट गर्ने अर्कोतर्फ प्रहरी र भन्सारका कर्मचारीहरु माेटाउने कार्य बढ्दै गइरहेको छ।श्रोतका अनुसार नवलपरासीमा तस्करी बढ्नुमा प्रहरीकै मिलेमतो रहेको बताईन्छ । बिशेषगरी नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे संलग्नतामा तस्करहरुले सजिलै नवलपरासीको बाटाे हुदै तस्करी गर्दै आइरहेका छन । यस बापत तस्करीहरुले प्रहरीहरुलाई मासिक रकम दिने गरेकाे श्रोतले बतायो बुझिन्छ ।























