दुर्घटना

बुलिङटारमा जिपबाट झर्ने क्रममा लडी एकजना घाईते

नवलपुर टुडे
२०८१ भदौ ७ | मध्यान्ह ०६:०५ बजे

कावासोती, भदौं ७ । बुलिङटारमा बोलेरो जिपबाट लडी एक जना घाईते भएका छन । घाईते हुनेमा बोलेरो जिपमा सवार बुलिङटार गाउँपालिका- ६ बस्ने बर्ष १६ को दिपक नेपाली रहेको छ ।

आज साझ ५ बजेको समयमा बुलिङटार गाउँपालिका- ६ घाँसीस्थित भित्री सडक खण्डमा कौडेबाट घाँसी तर्फ आउदै गरेको ग १ ज ७०४४ नम्बरको बोलेरो जिपमा सवार नेपाली झर्ने क्रममा लडी घाईते भई भएको हो ।

घाईते नेपालीलाई सोही जिपमा राखी उपचारको लागि नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन पठाएको छ । उनको निधारमा चोट अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम डीएसपी बेद बहादुर पौडेलले जानकारी दिएको छ ।

घटना बारे प्रहरी टोली खटिगई अनुसन्धान कार्य भइरहेको पौडेलले बताए ।

कमेन्टहरु