घटना

बसले ठक्कर दिंदा एक युवकको मृत्यु, सप्तरी तनावग्रस्त

राम नारायण
२०८१ भदौ ७ | मध्यान्ह ०१:०५ बजे

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ योगिनियामा बिहीबार साँझ बसको ठक्करबाट एक युवकको ज्यान गएपछि हनुमाननगर बजार शुक्रबार बिहानैबाट तनावग्रस्त बनेको छ ।

हनुमाननगर कंकालनी नगरपालपालिका–५ जोगनियास्थित भारदह–राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले बिहीबार साँझ ७ बजेतिर पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक हनुमाननगर कंकालिनी–७ का २२ वर्षीय धुरुप मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडि टायर बालेर विरोध गरेका थिए । शुक्रबार बिहान स्थानीयहरूले हनुमाननगर बजार बन्द गराउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।

कमेन्टहरु