सञ्चारमाध्यम प्रेस काउन्सिलको क्षेत्राधिकार भित्र पर्छ भन्ने नजान्ने रुपा सुनार, आफूलाई स्वघोषित सञ्चारकर्मी घोषित गर्छिन


काठमाडौं । रुपा सुनार दलित अभियन्ता हो भन्ने पुष्टि भइसकेको छ । उनी पीडित भन्दा पनि कोठा भाडाको निहुँमा नेवार समुदायमाथि धावा बोल्ने अभियन्ता हो भन्ने पनि पुष्टि भइसकेको छ । उनको पछाडि युरोपियन युनियन र त्यसका नेपाल कमाण्डरहरु भरपुर लागेको पनि छर्लङ्गै छ ।
धर्ममा भड्काउन नसकेको नेपाली समाजलाई केही हदसम्म विभाजित गर्न सफल भएको तथ्य पनि लुकेको छैन । यसरी अरुबाट उचालिएकी र विभिन्न फण्डिङबाट चलेकी रुपा सुनारले प्रेस काउन्सिलमा सञ्चार माध्यमलाई साइबर क्राइम मुद्दा लगाउन माग गरेकी छन् । जबकी सञ्चारमाध्यम साइबर क्राइम मुद्दाभित्र पर्दैन । यो प्रेस काउन्सिलको क्षेत्राधिकार भित्र पर्छ । यति पनि नजान्ने रुपाले आफूलाई स्वघोषित सञ्चारकर्मी घोषित गर्छिन् ।
इमेज टेलिभिजनमा एउटा लोकदोहरी फोनिङ कार्यक्रम चलाउने रुपा प्रस्तोता मात्रै हुन् । तर आफूलाई स्वघोषित सञ्चारकर्मी भन्ने रुपाले प्रेस काउन्सिलमा आफ्नो पोल खोल्ने अनलाइन सञ्चारमाध्यमलाई साइबर क्राइम मुद्दा लगाउन माग गरेकी छन् । कतिसम्म भने रुपाले आफ्नो पोल खुल्दा दलित समुदायकै हिंसा भएको भन्न भ्याएकी छन् । गल्ती आफू गर्ने, अरुले उचालेर जातीय द्वन्द्व भड्काउन खोज्ने, सामाजिक सद्भाव भड्काउन खोज्ने रुपाले यसो गरेको भनेर मिडियाले लेख्दा दलित समुदायमाथि नै हिंसा भनेर तर्क गरेकी छन् । गल्ती आफू गर्ने समुदायलाई हिंसा भयो भनेर उनी उम्किन खोजेकी छन् र सञ्चारमाध्यममाथि खनिएर उजुरी दिन पुगेकी छन् ।
नेपालपानाले लेखेको युरोपियन युनियनको फण्डबाट सञ्चालित भएको समाचारलाई उनलाई यति चित्त दुख्यो कि यसले दलित समुदायमाथि नै हिंसा भयो भन्न भ्याइन र साइबर क्राइम मुद्दा लगाउ भन्दै छिन् । तर घरबेटी सरस्वती प्रधानको नम्र व्यवहारलाई कमजोरी ठानेर उनलाई जातिय विभेद गर्यो भनेर जेल पठाएर नेवार समुदायमाथि हिंसा गरेको कुरा रुपाले बिर्सिएकी छन् ।
भोलि सरस्वती प्रधानले रुपाले नेवार समुदायमाथि हिंसा गरयो साइबर क्राइम मुद्दा लगाउ भन्यो भने के हुन्छ । आफूले अर्को समुदायमाथि डलरेहरुको उक्साहटमा प्रहार गर्दा न्याय मागेको हुने तर आफ्नो असलियत बाहिर आउँदा साइबर क्राइम हुने ? उनले आफूविरुद्ध लेख्ने सञ्चारमाध्यमलाई साइबर क्राइम मुद्दा लाउने धम्की प्रेस काउन्सिलमा दिएको उजुरीमार्फत दिएकी छन् । आफूले गरेको गल्ती ढाकछोप गर्न सिंगो दलित समुदायलाई मुछ्दै यथार्थ बाहिर ल्याउनेगरी लेख्ने सञ्चारमाध्यमलाई साइबर क्राइम मुद्दा लाएर सञ्चारकर्मीलाई जेल पठाउने धम्की दिएकी हुन् ।
नेपालपानाको समाचारले आफ्नो पोख खुलेपछि रुपाले उजुरीमा लेखेकी छन्, ‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ,’ उनले उजुरीमा लेखेकी छन्, ‘मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरू माथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनलाई साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु ।’ रुपाले आफ्नो कर्तुतलाई चरित्रसँग जोडेर ब्ल्याकमेलिङ गर्न खोजेकी छन् ।
चरित्रको कुरा ल्याएर सञ्चारमाध्यमलाई तर्साउन खोजेकी छन् । रुपाले नेपालपानासहहित खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित रूपमा उजुरी दिएका हुन् । तर यस्ता उजुरीबाट नेपालपाना डराउने छैन । डलरेहरुको भण्डाफोर गरिरहने छ ।
नेपालपानाबाट























