ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

नवलपुर टुडे
२०८१ भदौ ६ | मध्यान्ह ०३:०५ बजे

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु२ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























