चार कोठे सरकारी भवनको ढलान कार्य सम्पन्न


बिनोद मण्डल
सिरहा । सिरहाको पर्यटकिय तथा एतिहासिक स्थलको रुपमा परिचित साविक गाउँविकास समिति विष्णुपुरकटी ३ सरे अमबास हाल धनगढिमाई नगरपालिका वडा नं १४ को मदन भण्डारी माविमा स्थानिय सरकार अर्थात् नगरपालिकाबाट प्राप्त करिब ३० लाख अनुदान सहयोगमा मेयर हरिनारायण चौधरीद्वारा सिल्या नास गरी विद्यालय परिसरमा थालिएको ४ काेठे भवनको ढलान कार्य सम्पन्न गरिएको हो ।

अत्यन्त पारदर्शी किसिमले बजेटलाई निकाशा गरी अाम अभिभावकलाई जस्ताको त्यस्तै हिसाब किताब दिने र राख्न सफल प्रधानाध्यापक महेश्वर प्रसाद मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास बाबु हमालको अथक प्रयासले गर्दा विद्यालयमा चार कोठे भवन निर्माण भएपछि अाम अविभावक हर्षित भएका छन् ।

विगतमा मावि विद्यालय भएपनि प्रयाप्त कोठा नहुँदा पठनपाठनमा अवरोध खडा भएको ले मेयर हरिनारायण चौधरीद्वारा उक्त भवनको सहयोग विद्यालयमा भएपछि अब मावि चलाउन सहजता महसुस गरिएको अविभावक संघका अध्यक्ष उदय बहादुर कार्कीले जानकारी दिनुभयो ।
करिब ७ बजे ढलानको साइत भएपनि मिकसर मेसिन स्थानिय पुर्व पक्षिम्म राजमार्ग देखि विद्यालयसम्म बाटो अभावमा ढिलो भएपछि ढलान कार्य ढिलो थालिएको थियो । ढलान कार्य थालनी गर्नु अघि धार्मिक विधि अनुशार सहायक प्रधानअध्यापक रेखा कुमारी राईले निष्ठापूर्वक पूजा गरी ढलान थालिएको सँलेखपाल सविना शाहीले जानकारी दिनुभयो ।
ढलान कार्य निरीक्षणको लागि भवन निर्माण स्थलमा मेयर हरिनारायण चौधरी ,उपमेयर फूलकुमारी श्रेष्ठ लगायत वडा अध्यक्ष ठरेन्द्र राई ,सदस्य, समाजसेवी जनक परियार भुवन मगर सहभागी भएको विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मी रसाइलीले जानकारी दिए ।
ढलान कार्य थालनी भएको २ घण्टा बित्दा वर्षाले भवनको छतमा सामान्य क्षति पुराउँदा पनि स्थानिय को सहयोगमा पलास्टिकले छोपेर ढलानलाई जोगाएको थियो वर्षा लामो समयसम्म नरहेपछि लगातारको ढलान राती ११ बजे सकिएको शिक्षक राजेन्द्र मगरले जानकारी दिए ।
नगरपालिकाको नमूना विद्यालय बनाउने उद्देश्यले मेयर हरिनारायण चौधरी र प्रधानाध्यापक महेश्वर प्रसाद मण्डल प्रती स्थानिय खुशी भएको छ भने आफ्ना व्यक्तिगत काम भन्दा विद्यालयमा बढी समय प्रदान गर्ने बिद्यालय ब्बस्थापन समितिका अध्यक्ष सुवास बाबु हमाल लगातार २ कार्यकाल व्यवस्थापन समितिका अध्यक्ष पदमा निर्विरोध निर्वाचित नमूना अध्यक्ष मानिन्छ ।






















