तस्कर

भैरहवाबाट करिब ४ लाखको अबैध सामानसहित एक जना पक्राउ

नवलपुर टुडे
२०८१ भदौ ५ | मध्यान्ह ०७:०५ बजे

भैरहवा, भदौं ५ । रुपन्देहीबाट भन्सार छ्ली गरी ल्याएको विभिन्न अबैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले बुधबार बिभिन्न स्थानमा चेकजाच गर्ने क्रममा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

तस्करले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/ पैठारी गरेको अन्दाजी मुल्य रु.३,७०,०००।- बरावरको सामान बरामद गरेका हो ।

प्रहरीले चिनी २३ बोरा (११५० के.जी.), जुत्ता बनाउने कच्चा पदार्थ ५० बन्डल, बोरा सिलाउने मेसिन १ वटा, तौल गर्ने मेसिन १ वटा, बोइलर कुखुरा ११२ वटा (२२५के.जी.) र युपि ५६ एबि ०४८ नम्बरको भारतीय मोटरसाइकलसहित एक जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिएको छ ।

बरामद सामानसहित पक्राउ पर्ने ब्यक्तिलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको भट्टले बताए ।

कमेन्टहरु