रौतहटमा अवैध २ सय किलो माछा नष्ट

अशोक यादव
२०८१ भदौ ५ | मध्यान्ह ०२:०५ बजे

रौतहट । जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याएको झन्डै २ सय किलो माछा बरामद गरेको छ । प्रहरीले ती माछा बुधबार नष्ट गरेको हो । रौतहटको गौर नगरपालिका- ६ बैरिया पुलस्थित भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
]प्रहरीलाई देखेपछि माछा ल्याउने व्यक्ति फरार भएका थिए । झन्डै २ सय किलो माछा प्रहरीले संचारकर्मीको रोहबरमा नष्ट गरेको हो ।भारतबाट यहाँ अवैध रुपमा माछा, कुखुरा ल्याउने गर्छन् । खुला सीमाका कारण लुकेर साना तस्करहरुले यस्ता सामान भित्र्याउने गरेको प्रहरीको भनाइ छ ।


















