नवलपुर टुडे - सबैभन्दा भरपर्दो
nepali khaja ghar02

४२ दिन पछि कोरोना भाईरसको भ्याक्सिन सार्वजनिक हुँदै ।

nawalpur today official banner

एजेन्सी । विश्वभरका मानिसहरू अक्सफोर्ड युनिभर्सिटी युकेले उत्पादन गरेको कोरोना भाइरस खोपमा आश गरिरहेका छन् । अक्सफोर्ड भ्याक्सिन परीक्षण अन्तिम चरणमा छ । एक्सप्रेस.कोडटकममा प्रकाशित रिपोर्टका अनुसार सबैभन्दा राम्रो अवस्थामा अक्सफोर्ड खोप अबको ४२ दिनमा मात्र तयार हुन सक्ने बताएका छन  । 

एक्सप्रेसमा प्रकाशित रिपोर्टका अनुसार बेलायतका एक सरकारी स्रोतले आइतबार अक्सफोर्ड युनिभर्सिटी र इम्पीरियल कलेज लन्डनका वैज्ञानिकहरुले खोप तयारीको नजिक पुगेको बताएका छन् । 

वैज्ञानिकहरूले ग्रिन सिग्नल दिएपछि बेलायतका मानिसहरूले एकदम छोटो समयमा खोप लिन थाल्नेछन । यद्यपि बेलायतका मन्त्रीहरूले अझै पनि सार्वजनिक रुपमा कुरा भन्न गाह्रो भइरहेको छ र अन्य अवस्थाको लागि पनि तयारी गरिरहेका छन् ।

आइतबार एक्सप्रेसले सार्वजनि गरेको रिपोर्टका अनुसार सबैभन्दा राम्रो केसमा (उत्तम अवस्थाको परिदृश्य) खोप अनुसन्धान ६ हप्तामा पूरा गर्न सकिन्छ । यदि यस्तो भयो भने यो गेम चेन्जर हुनसक्छ ।अक्सफोर्ड र इम्पीरियल कलेजका वैज्ञानिकहरू खोप विकासको नजिक आएको बताइरहेका छन ।

 बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख केट बिंघमले भनिन्, ‘खोपका बारे सतर्क र आशावादी छु । यो महत्वपूर्ण छ कि हामीले काम गरिरहनुपर्दछ र हडबडमा मनाउन कोसिस नगर्नू । आशावादी छौं यो खोप परीक्षणको नतीजा क्रिसमस भन्दा पहिलेनै सार्वजनिक हुनेछ ।

fin@l

प्रत्रिकृया दिनुहोस ।

website on laravel
Bhavegorkha

कोरोना बिशेष

देश / प्रदेश

Translate »