कावासोतीमा पौडी खेल्ने क्रममा डुबि बालकको मृत्यु

नवलपुर टुडे
२०८१ भदौ ३ | मध्यान्ह ०३:०५ बजे

नवलपुर, भदौ ३ । नवलपुरमा पौडी खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कावासोती- ३ मानचोक बस्ने सुरज बहादुर बि.क.को छोरा बर्ष अन्दाजी १२/१३ को शिशिर बि.क. को पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
उनी संग सोही स्थानका अन्य ३ जना साथिहरु पनि कावासोती नगरपालिका- ४ चिलाहा पुछारस्थित हसौरामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा मृतक बि.क. डुबेर वेपत्ता भएको दिउँसो २:४४ बजे खबर प्राप्त हुन साथ प्र.नि.सुदिप भण्डारीको कमाण्डमा १५ जनाको प्रहरी टोली खटी खोजतलास गर्दा २:५५ बजे बालक मृतक अबस्थामामा फेला परेको नवलपुरका सुचना अधिकारी एवम डीएसपी बेद बहादुर पौडेलले जानकारी दिए।
हाल मृतकको शव निकाली थप अनुसन्धान गरिरहेको पौडेलले बताए।























