देश

निरंकुशताविरूद्ध पाँच दलीय गठबन्धन आबश्यक : उपेन्द्र यादव

जगत ठाडा मगर
२०७८ असार १२ | मध्यान्ह ०६:०३ बजे

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निरंकुशता लादन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसदमाथि प्रहार गर्दै आएको आरोप लगाउनुभएको छ ।

शनिवार सप्तरीको राजविराजमा आयोजना गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारेर स्वइच्छाचारी शासन प्रणालीतर्फ लाने प्रयास भइरहेको बताउनुभयाे ।

संसदलाई समाप्त पर्ने, यसपछि प्रदेशहरुलाई भंग गर्ने र मुलुकमा संकटकाल लगाएर स्वइच्छाचारी राज्यतर्फ लैजाने प्रधानमन्त्री ओलीको योजना तहगत रूपमा अघि बढेको नेता यादवले दाबी गरे । नेता यादवले स्वइच्छाचारी निरंकुशता विरुद्ध लडाइँ लड्नका लागि पाँच दलीय गठबन्धन अघि बढेको बताउनुभएको छ ।

सरकार गठनको सन्दर्भमा बोल्दै नेता यादवले संविधानको धारा ७६ (५) बमोजिम बहुमतको नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा गरिएको आह्वान अनुसार १४९ जना हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन सर्वोच्च अदालतबाट परमादेश जारी गर्ने दाबी गर्नु भएको छ ।

कार्यक्रममा अध्यक्ष यादवले गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजित कुमार झालाई ९ थान अक्सिजन कन्सेनट्रेटर (अक्सीजन दिने मेसिन) र ७० कार्टुन एन–९५ मास्कसहितका स्वास्थ्य समग्री उपलब्ध गराउनुभएको छ ।

कमेन्टहरु