विजयनगर- ३ का अध्यक्ष चौधरीले दिए, वडाबासीलाई रक्षाबन्धनको शुभकामना

कपिलवस्तु । विजयनगर- ३ का वडा अध्यक्ष हृदय बिकास चौधरीले वडाबासीलाई रक्षाबन्धनको शुभकामना दिएका छन । हिन्दु धर्मावलम्वीहरुको पर्व जनै पूर्णिमा (रक्षा वन्धन)को अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुमकामना व्यक्त गरेका छन ।
रक्षा बन्धन भाई र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो । दिदीबहिनीहरुले आफनो दाजुभाइका हातमा पवित्र धागो राखी बाँधेर टिका लगााएर मिठाई खुवाउने गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई केही न केही उपहार अथवा दक्षिणा पैसा दिएर दिदीबहिनीको रक्षा गर्ने वाचा गर्दछन् ।
रक्षाबन्धन पहिलेको युगमा भाईबहिनीको तिहार नभएर आफू भन्दा ठूला बडाले सानोलाई रक्षा र आर्शिवाद स्वरुप बाँध्ने रक्षा सुत्रलाई रक्षाबन्धन भनिन्थयो । यस दिन ब्राहमणहरु बिहानै नुहाइ धुवाइ गरेर पुजा पाठ गरिसकेपछि पवित्र धागो बाँध्ने गर्दछ । जसलाई रक्षाबन्धन वा रक्षासुत्र पनि भन्दछन् ।























