कीर्तिपुरमा बाघभैरवकाे जात्रा मनायाे (भिडियाेसहित)


काठमाडौं । धार्मिक, सांस्कृतिक तथा एैतिहासिक नगरी कीर्तिपुरमा बाघभैरवकाे जात्रा भव्य रूपमा मनाइएको छ । प्रत्येक वर्ष भाद्र १ गते सिंह संक्रान्तिका दिन मनाइने यस जात्रा कीर्तिपुरमा विशेष महत्वका साथ कीर्तिपुरका आराध्य देवका बाघभैरव जात्रा मनाइने गरिन्छ ।
कीर्तिपुरबासीले वि.सं. २०१३ सालदेखि मनाउन सुरूवात गरिएकाे यस जात्रा विशेष महत्वका साथ मनाउने गरिन्छ । कीर्तिपुरको मध्य भागमा रहेको बाघभैरवलाई त्यहाँका बासिन्दाले आराध्यदेव मानी पूजाआजा एवम् जात्रा मनाउँदै आएका छन् । कीर्तिपुरमा बस्ती बस्दाकाे समयदेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको हाे ।
जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गर्ने गरिन्छ । यस दिन बाघभैरवको मन्दिर एक सय आठ पटक घुमेमा मनले चिताएकाे पूरा हुने पाप, भय, संकट, कष्ट नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास रहेको छ । बाघ भैरवलाई आइ द्यः, ब्याघ्रेश्वर, धुंम्बा आजु, धुंआजुका नामले समेत सम्बोधन गरिन्छ ।
भिडियो हेर्नको लागि लिङ्क क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=99xDhnpZ9_8&t=1033s























