भ्रष्टाचार

पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर

नवलपुर टुडे
२०८१ भदौ २ | मध्यान्ह ०३:०५ बजे

काठमाडौँ ।  नेपाल प्रहरीका पूर्व डीआईजी  रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक  अभियन्ता युवराज सफलले मुद्दा दायर गरेका हुन् । 

अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलले दाबी गरेका छन् ।

कानुनले वास्तविक  सुराकीकर्तालाई सुराकी गरेवापत  निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् । सही सुराकीलाई नदिइकन नक्कली सुराकी खडा गरी सुराकी रकम लिन दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी निजलाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न समेत सफलले माग गरेका छन् ।    

ramesh
 

कमेन्टहरु