देश

पुर्बप्रधान्मन्त्री माधब नेपालले पत्रकारहरुसंग प्रधानमन्त्रीको अफर आएको, तर गठबन्धनलाई धोका नदिने बताए

जगत ठाडा मगर
२०७८ असार १२ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्नको लागि अफर आएको खुलासा गरेका छन् ।

बिपक्षी गठबन्धनले शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउन अदालतमा रिट दिएका नेता नेपाललाई देउवालाई धोका दिएर प्रधानमन्त्री बन्न केपि ओलीका मान्छेले अफर गरेको बताएका छन । उनले भने देउवालाई धोका दिएर आफू प्रधानमन्त्री बन्न नसक्ने र आफू केपि शर्मा ओली जस्तो धोका दिने ब्यक्ति नरहेको बताए ।

शनिबार संसद् भवनमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । तर, नेपालले आफू गठबन्धनमा रहेकोले गठबन्धनबाट पछि नहट्ने अडान पत्रकारसंग सुनाए । उनले भने-“माधव नेपाललाई प्रधानमन्त्रीको अफर आईसक्यो, तर म गठबन्धनलाई धोका दिने मान्छे होईन् । संसद् पूनःस्थापना हुन्छ । हामी अदालतमा दिएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता लिँदैनौं ।”

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री ओलीको पटक–पटकको धोका र चालबाजीले आफूहरू दिक्क भएको पनि सुनाए । र, बाध्य भएर ओलीको धोका र चालबाजीको विरुद्धमा विद्रोहमा उत्रिएको उनको स्पष्टोक्ति थियो । उनले अब कुनैपनि हालतमा अब प्रधानमन्त्रीको झुटो आश्वासन र अफर नस्विकार्ने समेत बताए ।

कमेन्टहरु