वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश

नवलपुर टुडे
२०८१ भदौ २ | मध्यान्ह ०१:०५ बजे

काठमाडौ । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो । उक्त आदेश विरुद्ध यशोदा फुड्स वाईवाईको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने दाबीका साथ सर्वोच्च अदालत गएको थियो ।
सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो ।


















