माओबादी त्याग गरि एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु गोप्य छलफलमा

जगत ठाडा मगर
२०७८ असार १२ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) परित्याग गरि एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु अब कसरी अघि बढ्ने ? भन्ने बारे निश्कर्ष निकाल्नको लागि राजधानीको एक होटलमा छलफलमा जुटेका छन् ।
छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन् ।
एमालेभित्रको आन्तरिक समस्याका कारण पूर्व माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकाहरुलाई झनै अप्ठ्यारो भएको छ । माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरिसकेको छ ।























