देश

रुपा सुनारले चरीत्र हत्या गरेको आरोपमा ९ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा गरिन उजुरी

जगत ठाडा मगर
२०७८ असार १२ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं । सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् ।

उनले ती अनलाइन पोर्टलहरुले विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याएको र आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाहीका लागि प्रेस काउन्सिलमा उनले उजुरी दिएकी हुन ।

जातीय दूव्र्यवहार भएपछि विरोधमा उत्रिदा उनीमाथि ती अनलाइनहरुले कसैबाट परिचालन भएको भन्दै भ्रामक समाचार लेखेको उनले भनेकी छन् । नेपाल पाना अनलाइनले उनीमाथि युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको आरोप लगाएको छ । रुपाले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित उजुरी दिएका छन् ।

उनले उजुरीमा लेखेकी छन्, ‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ । मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु।’ भनेकी छिन ।

काठमाडौंको बबरमहलमा भाडामा बस्नका लागि कोठा खोज्ने क्रममा उनीमाथि घरबेटी सरस्वती प्रधानले जातीय विभेद गरेपछि उनी न्याय माग्दै आइरहेका छन् । यहीँ क्रममा ती अनलाइन पोर्टहरुले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार फैलाएको भन्दै काउन्सिलमा उजुरी दिएकी छन् ।

कमेन्टहरु