बर्दघाटमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु


नवलपरासी, साउन ३२ । पश्चिम नवलपरासआ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दघाट नगरपालिका- १६ कालुचोक बस्ने बर्ष ३० को रमेश गुरुङको मृत्यु भएको हो ।
आज दिउँसो १ बजे बर्दघाट नगरपालिका- १६ रसायली चोकस्थित बर्दघाट-त्रिवेणी भित्री सडक खण्डमा बर्दघाटबाट बरुवा तर्फ जादै गरेको लु २८ प ५४२० नं. को मोटरसाइकलले सोही दिशाबाट जादै गरेको अर्को मोटरसाईकललाई ओभरट्याक गर्ने क्रममा सोही दिसाबाट जादै गरेको लु १ ह ४१६३ नं. को अटोमा ठक्कर खाई आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाईते चालकलाई चिसापानी सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा दिउँसो २:३० बजे मृत्यु भएको अस्पताल श्रोतलाई उद्दृत गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टम पश्चात आफन्तले बुझिलगेको बोहराले बताए ।























