रौतहटमा पानी निकासको बिषयमा स्थानियबिच झडप हुदा १५ जना घाइते

जगत ठाडा मगर
२०७८ असार १२ | मध्यान्ह ०२:०३ बजे

चन्दन पटेल
रौतहट १२ असार । रौतहटमा पानी निकासको बिषयमा स्थानियबिच झडप हुदा १५ जना घाइते भएका छन । भनाभनले उग्र रुप लिएपछि दुई पक्षबिच झडप भएको थियो ।
झडपमा परी साह पक्षको ८ जना र यादब पक्षको ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर १ मर्यादपुरका स्थानिय मोहाली साहको घरको आगनमा बर्षाले पानी जमेपछि सो पानी निकास गर्न खोलेर स्थानिय हृदय नारायण यादवको खेतमा पठाइएको थियो ।
सोही आगनको पानी आफ्नो खेतमा निकास गरेको भन्दै हृदय नारायण यादवले मोहाली साहसँग भनाभन भएको थियो । घाईते सबै खतरामुक्त रहेको र घटनाको अनुसन्धान भैरहेको रौतहटका प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले नवलपुर टुडेलाई बताउनु भयो ।























