सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहेका छन्।
महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लबमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी देश र सङ्गठनको छवी उच्च राख्न खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन्।
उक्त लिग यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न भएको थियो।

























