निर्वाचन

रौतहटमा तीन वडामा उपनिर्वाचन हुने

अशोक यादव
२०८१ साउन ३० | बिहान ०७:०४ बजे

रौतहट । आउदो मंसिरमा हुने उपनिर्वाचनमा रौतहटको ३ वटा वडामा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङक अनुसार रौतहटको ३ वटा पालिकाको ३ जना वडा अध्यक्ष पदको लागी उपनिर्वाचनमा चुनाब हुने भएको हो ।

रौतहटको इशनाथ नगरपालिकाको वाड नं. ७, राजपुर नगरपालिकाको वडा नं. ६ र गढीमाई नगरपालिकाको वडा नं. ८ मा निर्वाचन हुने भएको हो । निर्वाचनको लागी निर्वाचन आयोगले तयारी शुरु गरेको छ ।

रौतहटको यी ३ वटा वडामा बिभिन्न कारण वडा अध्यक्षको निधन भएपछि निर्वाचन हुने भएको हो । आउदो मंसिरमा हुने उपनिर्वाचनमा देशभरीका ३४ वटा स्थानमा नगर प्रमुख,उप प्रमुख,गाउँपालिका अध्यक्ष,उपाध्यक्ष तथा वडा अध्यक्षहरुको रिक्त रहेको स्थानमा चुनाब हुनेछ ।

photo 2024 08 14 06 59 05

कमेन्टहरु