रुपन्देही प्रहरीद्वारा करिब ९ लाख बराबरको अबैध सामान नियन्त्रणमा

नवलपुर टुडे
२०८१ साउन २९ | मध्यान्ह ०७:०४ बजे

भैरहवा, साउन २८ । रुपन्देही प्रहरीले विभिन्न अबैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/ पैठारी गरेर ल्याएको अबस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीले केराउ (मटर) ८४ बोरा (२१०० के.जी.), कपडा (लुङ्गी) ६४ वटा, नम्वर नखुलेको सेतो मिनि ट्रक १ वटा, लु २ प ७०६, लु १५ प ४९२२ र लु १४ प ९९४६ नम्बरको मोटरसाईकल ३ वटासहित एक जना ब्यक्ति पक्राउ गरिएको सुचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए ।
बरामद सामानको अन्दाजी मुल्य रु.८,७१,०००।- बरावरको रहेको र नियन्त्रणमा लिएको सामानहरु, मानिस, मिनि ट्रक र मोटरसाईकल आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको भट्टले बताए ।























